चौकुने विशेष

सबै

समाज

कोरोना महामारीमा विष सेवन गर्ने बढे

 डाँडापारि गाउँपालिकाका ४३ वर्षीय बारपाक तामाङ  मादक पदार्थको लत बसेपछि दिनहुँ घरायसी झगडा गर्ने गर्थे  । गत असार १० गते उनले ४० वर्षीया श्रीमती माइलीलाई समेत मादक पदार्थ सेवन गर्न आग्रह गरे पनि उनले  मानिनन् ।

सबै

आर्थिक

दिक्तेल रुपाकोट मझुवागढीको वित्तीय प्रगति ८६ प्रतिशत

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वित्तीय प्रगति ८६.२५ प्रतिशत भएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि रु ९३ करोड ४६ लाख ६८ हजार विनियोजन गरिएकामा रु ९२ करोड ३८ लाख ७९ हजार आम्दानी हुँदा पुँजीगततर्फ ८१.१३ प्रतिशत र चालू तर्फ ८९.७० प्रतिशत खर्च भएको नगरपालिकाले जनाएको छ ।

सबै

प्रवास

एक हप्तादेखि खानेपानीको हाहाकार

अविरल वर्षाका कारण आएको पहिराले सलेना खोला मुहानमा रहेको खानेपानीका पाइप बगाएका कारण खानेपानी आउन बन्द भएको राजपुर खानेपानी तथा उपभोक्ता समितिले जनाएको छ । बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा शौचालय जानसमेत समस्या  भएको डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा दिपायल  नरेन्द्रबहादुर खड्काले बताए ।

हिमालपारिको दुःखः ट्रयाक्टरमा खोप ढुवानी

हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो ।

हिमालपारिको दुःखः ट्रयाक्टरमा खोप ढुवानी

हिमालपारिको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसँगै बढेका नदी खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो ।

ट्याक्टर खस्दा सहचालकको मृत्यु

बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो ।

एक सातादेखि मुगुमा विद्युत सेवा अवरुद्ध

 एक सातादेखि मुगुमा विद्युत सेवा अवरुद्ध भएको छ । छायानाथ रारा नगरपालिका र सदरमुकाम गमगढी बजारमा विद्युत सेवा अवरुद्ध भएको छ । सेवा अवरुद्ध हुँदा एक सातादेखि स्थानीयहरु अँधेरोमा बस्न बाध्य भएका छन । अविरल वर्षाका कारण विद्युत प्राधिकरण गमगढी वितरण केन्द्रको मुहान र नहरमा बालुवा , ढुङ्गा भरिएको कारण विद्युत अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

कालिकोटका स्थानीय तहमा सञ्चार सेवा

संचार सेवा नपुगेका कालिकोटको पलाँता गाउँपालिका, तिलागुफा नगरपालिका र महाबै गाउँपालिकामा संचार सेवा पुगेको छ । पलाँता गाउँपालिकाको राडुनेटा र तिलागुफा नगरपालिकाको हरिचौरमा रहेको नमस्ते टावर सञ्चालनमा आएको नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेतका निर्देशक अनन्त मल्लीकले बताए ।

घुतघुतेको खानेपानी वितरण कहिले ?

चौकुने गाउँपालिका ६ मा घुतघुते खानेपानी आयोजनाको निर्माण चलिरहेको छ । गाउँपालिकाले यसै बर्ष वडा नं. ६ का घर घरमा खानेपानीको धारा पुर्याउने उद्देश्यले यो आयोजनाको निर्माण शुरु गरेको हो ।

चैतेधान उत्पादनमा वृद्धि

कृषि ज्ञान केन्द्र नवलपरासी बर्दघाट–सुस्तापूर्वका सूचना अधिकारी शङ्कर पौडेलले यस वर्ष जिल्लाको ७०० हेक्टर क्षेत्रफलमा तीन हजार ३६० मेट्रिक टन चैतेधान उत्पादन भएको जानकारी दिए । “गत वर्षको भन्दा यस वर्ष चैतेधान लगाउने क्षेत्रफलसमेत वृद्धि भएको थियो”, पौडेलले भने, “गत वर्ष ६२० हेक्टर क्षेत्रफलबाट दुई हजार ९४० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ८० हेक्टर बढी क्षेत्रफलमा धान लगाइँदा उत्पादन पनि बढेको हो ।” 

कर्णालीका कर्मचारीहरु १२ दिन घुम्न पाउने

 कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवर्धन गर्न र कर्मचारीहरूको मनोबल बढाउन पर्यटन खर्चसहित १२ दिन बिदा उपलब्ध गराउने भएको छ । सङ्घीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि कर्मचारीलाई घुमफिरका लागि पर्यटन बिदा उपलब्ध गराएको हो । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मङ्गलबार प्रदेशसभामा आर्थिक वर्ष २०७८र७९ का लागि रु ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट सार्वजनिक गरेका थिए ।