समाज

विद्युत

चौकुनेमा विद्युतीय हाजिरी शुरु 

घाटगाउँ डटकम

सुर्खेत । चौकुने गाउँपालिकामा विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ । कर्मचारीलाई जिम्मेवार बनाउन विद्युतीय हाजिरी शुरु गरिएको हो । विद्युतीय हाजिरीले कर्मचारीले काम चोर बनेर समय खेर फाल्ने र अरुलाई ढाट्न तथा छल्न पाउने छैनन् ।

बिहीबार विद्युतीय हाजिरीको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले उद्घाटन गरे । विद्युतीय हाजिरीसँगै गाउँपालिकाका सबै जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीलाई स्थायी लेखा नम्बर पनि अनिवार्य गरिएको छ ।

बिहीबार बसेको बैठकले सबैको अनिवार्य रुपमा प्यान लिनैपर्ने व्यवस्था गरेको हो । प्यान भएमा तलब तथा भत्ता खातामा जम्मा हुनेछ भने राज्यलाई हरेक व्यक्तिले तिरेको करको स्पष्ट हिसाबकिताब स्वंयम व्यक्तिलाई जानकारी समेत हुन्छ ।


प्रकाशित मिति: बिहिबार, असोज १, २०७७, १६:२९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो बिहिबार, असोज १, २०७७, १६:२९:००
खुल्न थाले शक्तिपीठ बिहिबार, असोज १, २०७७, १६:२९:००