समाज

स्वास्थ्य

पुच्मामा अनमी अभाव 

घाटगाउँ डटकम

१ असोज, सुर्खेत । चौकुने गाउँपालिका ४ पुच्मामा अनमीको अभाव रहेको पाइएको छ । गाउँका स्थानीय तथा स्वास्थ्य सेवाका लागि अनिवार्य रुपमा अनमी हुनुपर्ने भएपनि स्वास्थ्य कार्यालयमा अनमी नियुक्त गरिएको छैन् ।

चौकुनेको विकट क्षेत्र मानिने पुच्मामा अनमी बाहेक अरु सेवा सुविधा अहिलेसम्म सामान्य नै रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेयले जानकारी दिए । उनका अनुसार स्वास्थ्य कार्यालयको अनुगमनका क्रममा अन्य सेवा सुविधा कार्यालयले दिइरहेको भएपनि अनमीको टड्कारो देखिएको हो ।

विकट क्षेत्रमा अनमी जान नमानेका कारण पनि समस्या रहेको उनको भनाई छ । अनमी भएको खण्डमा स्थानीयलाई सेवा दिन सहज हुने भएपनि विकट क्षेत्रमा अनमी जानै नमान्ने समस्या छ । गाउँपालिकाले पनि सो कार्यालयमा अनमीको व्यवस्था गर्न सकेको छैन् ।

अब यस विषयमा गाउँपालिका बैठकमा छलफल हुने स्वस्थ्य कार्यालय प्रमुख पाण्डेयले जानकारी दिए । 


प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७, ००:२६:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शुक्रबार, असोज २, २०७७, ००:२६:००
खुल्न थाले शक्तिपीठ शुक्रबार, असोज २, २०७७, ००:२६:००
क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु शुक्रबार, असोज २, २०७७, ००:२६:००