स्वास्थ्य

शिक्षा

चौकुनेका शिक्षकलाई कम्प्युटर र योग तालिम 

घाटगाउँ डटकम

१ असोज, सुर्खेत । चौकुने गाउँपालिकाका शिक्षकलाई कम्प्युटर तालिम दिइएको छ । भदौ २७ गतेदेखि ३१ गतेसम्म चौकुनेका विभिन्न विद्यालयका शिक्षकलाई कम्प्युटर तालिम दिइएको हो ।

खासगरी आधुनिक प्रविधिका बारेमा जानकारी दिने र स्कुलमै विद्यार्थीलाई कम्प्युटर ज्ञान दिन तालिम आयोजना गरिएको चौकुने शिक्षा शाखाले जनाएको छ । कोरोना महामारीका बेला स्कुल बन्द भएका बेला खाली समयको सदुपयोगका साथै प्राविधिक ज्ञान सिकाउन शिक्षकलाई तालिम दिइएको हो ।

विद्यालयका प्राविधिक शिक्षकलाई कम्प्युटर प्रविधिसँगै योग तालिम पनि सिकाइएको थियो । गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेल लगायतले तालिम दिएका थिए । 


प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७, ०१:२५:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शुक्रबार, असोज २, २०७७, ०१:२५:००
खुल्न थाले शक्तिपीठ शुक्रबार, असोज २, २०७७, ०१:२५:००
क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु शुक्रबार, असोज २, २०७७, ०१:२५:००