शिक्षा

नेरा मावि लगाममा भर्ना खुल्यो 

घाटगाउँ डटकम

५ असोज, सुर्खेत । चौकुने गाउँपालिकामा विद्यालय खुल्न थालेका छन् । यसअघिदेखि नै सञ्चालन भएका विद्यालयमा कक्षा ११ का लागि भर्ना समेत शुरु गरिएको छ । चौकुने २ लगाममा रहेको नेपाल राष्ट्रिय माविले कक्षा ११ का लागि भर्ना खोलेको हो ।

पाठ्यक्रम विकास केन्द्रको सूचनासहित नेरा माविले कक्षा ११ को भर्ना खोलेको जनाएको हो । कक्षा ११ मा भर्ना हुने चाहने विद्यार्थीले असोज १५ गतेसम्म भर्ना भईसक्न पनि विद्यालयले आग्रह गरेको छ । 

यस बर्ष एसईई नभएकाले विद्यालयकै आन्तरिक मूल्यांकन परीक्षाफअनुसार कक्षा १० का सबै जसो विद्यार्थीले कक्षा ११ पढ्ने पाउने सम्भावना छ । 


प्रकाशित मिति: सोमबार, असोज ५, २०७७, ११:१४:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो सोमबार, असोज ५, २०७७, ११:१४:००
खुल्न थाले शक्तिपीठ सोमबार, असोज ५, २०७७, ११:१४:००