यातायात

गुटु–साल्म–जंगलाघाट सडकको मर्मत चल्दै

घाटगाउँ डटकम

५ असोज, सुर्खेत । सुर्खेत र अछाम जोड्ने गुटु–साल्म–जंगलाघाट सडकखण्डको मर्मत कार्य तिब्र पारिएको छ । दशैंलाई लक्षित गरी यो सडक खण्डको निर्माण तथा मर्मत कार्य तिब्र पारिएको हो ।

चौकुने गाउँपालिकाको सहयोगमा सडक मर्मतको काम चलिरहेको चौकुने ६ का वडाध्यक्ष इन्द्र प्रसाद ढकालले जानकारी दिए । दशैँलाई चाहिने खाद्यान्न सामग्री यसै सडकमार्फत अछाम लैजानका लागि सडक निर्माणको काम तिब्र पारिएको हो ।

अहिले सुर्खेटबाट अछाम जाने मानिसहरु कैलालीबाट बाबियाचौर हुदै बड्डीचौरबाट दैलेख हुँदै अछाम पुग्नुपर्ने बाध्यतामा छन् । यो सडक बनेमा पश्चिम नेपालका मानिसहरुलाई पहाडी जिल्ला अछाम जान सहज हुनेछ । 


प्रकाशित मिति: सोमबार, असोज ५, २०७७, १७:००:००
प्रतिक्रिया दिनुहोस्