राजनीति

पुच्मामा नेकपाको टोल समिति गठन 

घाटगाउँ डटकम

५ असोज, सुर्खेत । चौकुने गाउँपालिकाको वडा नं. ४ बागमारा पुच्मामा नेकपाको टोल कमिटी गठन भएको छ । नन्नाराम थापा मगरको अध्यक्षतामा २१ सदस्यीय टोल समिति गठन गरिएको नेकपा चौकुने गाउँ कमिटीका सचिव हरि अधिकारीले जानकारी दिए ।

टोल कमिटीको सचिवमा हेमन्त धमाला छन् । टोल कमिटी गठनमा जिल्ला कमिटी सदस्य समेत रहेका अधिकारीसँगै नेकपाका स्थानीय नेताहरु लक्षिराम अस्लामी मगर, गाउँ कमिटी सचिवालय सदस्य मीनसिंह थापा, तुलाराम मर्सांगी मगर, बम वयक, युवा नेता भुवन बिसी, शिक्षक संगठन चौकुनेका अध्यक्ष ईन्द्र जोशी लगायतको उपस्थिती थियो । 

पछिल्लो समय नेकपाले टोल समिति विस्तार गर्दै जाँदा स्थानीय नेता, शिक्षक, कर्मचारी पनि सक्रिय बन्न थालेका छन् ।
 


प्रकाशित मिति: सोमबार, असोज ५, २०७७, १७:४१:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो सोमबार, असोज ५, २०७७, १७:४१:००
खुल्न थाले शक्तिपीठ सोमबार, असोज ५, २०७७, १७:४१:००