समाज

यातायात

लगाम–धनरास सडकको हालत ! 

घाटगाउँ डटकम

८ असोज, सुर्खेत । पश्चिम सुर्खेतका जनताले खेपेको सबैभन्दा ठूलो सास्ती र समस्या हो, सडक । बर्षौ बर्ष पहिलेदेखि पश्चिम सुर्खेतमा गोरेटो बाटो हुदै गाडी हिड्ने सडक बन्यो । तर कहिल्यै यो सडक सुखले हिड्न भने पाइदैन् ।

सुर्खेतदेखि बाबियाचौरसम्मको सडक पीच भएपनि बाँकी सडकको हालत पुरानै छ । बाबियाचौर–विद्यापुर–गुटु–बिजौरा–लगाम–बेतानको सडक स्तरन्नोति भएपनि पीच भने हुन सकेको छैन् । सडक पीच नहुँदा बर्षामा गाडी चालक र यात्रुले भने सास्ती पाइरहेका छन् ।

बुधबारदेखि परिरहेको पानीका कारण बिहीबार सडक हिलाम्मे भएपनि रुखका लोप्टा, काठ हालेर चालकहरु गाडी हिडाउन खोजिरहेका देखिन्छन् । लगाम धनरास जाने यो सडक बर्षेनी स्तरोन्नती हुने भएपनि पीच हुन सकेको छैन् । स्तरोन्नति गर्दा पनि गुणस्तरीय काम नगरी टालटुले काम गर्दा यात्रुले सास्ती पाइरहेका छन् । 

तस्बिर : कमल कठायतको फेसबुकबाट 

 


प्रकाशित मिति: बिहिबार, असोज ८, २०७७, १२:२६:००
प्रतिक्रिया दिनुहोस्