मनोरञ्जन

चर्चित अभिनेता अनुपम श्यामको निधन

घाटगाउँ डटकम

एजेन्सी : भारतीय चर्चित अभिनेता अनुपम श्यामको निधन भएको छ । 

टेलिभिजन साथै ठुला पर्दामा अब्बल अभिनय गर्ने अनुपमको ६३ वर्षको उमेरमा निधन भएको हो l लामो समय देखी किड्नीको समस्या बाट पीडित रहेका उनको अर्गन फेलियरका कारण निधन भएको हो l 

उनको निधनको खबर निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् lउनले ब्यान्डिट क्विन, शक्ति, दुश्मन, सत्या आदि फिल्ममा अभिनय गरेका छन् । गत वर्ष अनुपम श्याम बिरामी भएपछि अस्पताल भर्ना भएका थिए । 

त्यसपछि उनको भाइले आर्थिक अवस्था कमजोर बनेको बताउँदै आर्थिक सहयोग माग गरेका थिए । ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट उनी चर्चित बनेका थिए । 

श्यामले धेरै बलिउड चलचित्र अभिनय गरेका छन् । चलचित्र ‘द लिटिल बुद्धा’ बाट आफ्नो हलिउड  करियर सुरु गरेका थिए । उनले चलचित्र ‘स्लमडॉग मिलेनियर’ बाट अस्कर अवार्ड हात परेका थिए  । 


प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८, ००:२९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो मंगलबार, साउन २६, २०७८, ००:२९:००
खुल्न थाले शक्तिपीठ मंगलबार, साउन २६, २०७८, ००:२९:००
क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु मंगलबार, साउन २६, २०७८, ००:२९:००