प्रेरणा टिप्स

प्रेरणा टिप्स

स्वास्थ्य

कोरोनाको औषधि गुर्जो

घाटगाउँ डटकम

८ असोज, काठमाडौं । गुर्जो पहिले पहिले उत्तिसारो प्रयोगमा थिएन । सामान्यतया गाईभैसीलाई दिइने गुर्जो अहिले कोरोनाबाट बच्ने र कोरोना जित्न गुर्जो अचुक उपाय बनेको छ । रैतीदेखि भीआईपीसम्मले गुर्जो खाने गरेका छन् ।

गाउँघरमा जताततै पाइने गुर्जो शहर बजारमा महंगो हुन थालेको छ । यसको माग बढेपछि मुल्य पनि ह्वात्तै बढेको छ । कोरोना नलगोपनि धेरैले घरमा किनेर राखेका छन् । यसको अर्थ गुर्जो बहुगुणयुक्त औषधि भएको डाक्टरहरु बताउँछन् ।

आयुर्वेदिक डाक्टरहरु गुर्जोलाई अझै व्यवस्थित गरेर प्रयोग गर्न दिनुपर्नेमा जोड दिदै आएका छन् । गुर्जोमा धेरै प्रकारको औषधिय गुणहुने आयुर्वेदका वरिष्ठ चिकित्सक डा. ऋषिराम कोइरालाले बताए ।

उनका अनुसार गुर्जो खाँदा ध्यान भने अवश्य पुर्याउनुपर्छ । गुर्जो सबैले खान सक्ने भएपनि यसको मात्रा मिलाएर खाएमा धेरै उपयोगी हुन्छ ।

गुर्जो किन खानुपर्छ ?

- कोरोना भाइरसअगाडि पनि ज्वरो आउँदा, जन्डिस हुँदा, हाडजोर्नी वा क्यान्सरको समस्या भएका बिरामीलाई खान दिइन्थ्यो।

- दक्षिण एशियाका भारत र श्रीलङ्कामा पाइने गुर्जो नेपालको पनि तराईदेखि हिमाली क्षेत्रसम्मै पाइने आयुर्वेदका चिकित्सकहरू बताउँछन्।

- रोगसँग लड्ने प्रतिरोध क्षमता बलियो बनाउने भएकोले गुर्जो खाँदा सङ्क्रमणबाट जोगिन मद्दत पुग्ने कोइराला बताउँछन्।

- गुर्जो बहुउपयोगी जडिबुटी हो। यसको अवगुण वा शरीरलाई अन्य असर गर्ने तत्व नभएकोले यो खाँदा फाइदा हुन्छ ।

- यसमा भएको एन्टिअक्सिडेन्ट गुणका कारण कतिपय मानिसले यो खाएपछि अलि कमजोर भएको महसुस गर्न सक्छन्। त्यस्तो भए मह मिसाएर खाँदा राम्रो हुन्छ।

- यसले शरीरमा चिनीको मात्रा थोरै घटाउन सक्छ। तर त्यो असर लामो समय रहँदैन।

गुर्जो कति र कसरी खाने ?

- गुर्जो नेपाली बजारमा धूलो वा डाँठका रूपमा उपलब्ध छ ।

- धुलो खाने भए पाँचग्राम गुर्जोको पाउडर दुई गिलास पानीमा हालेर उमाल्ने अनि एक चौथाइ भएपछि छानेर वा नछानेरै दिनमा एकपटक खान सकिन्छ।

- डाँठ छ भने बूढीऔँला जतिको मोटाइ र त्योभन्दा थोरै कम लम्बाइ भएको गुर्जोलाई थिचेर टुक्रा बनाउने अनि पानीमा उमालेर आधा घटाइ दिनको एक कप खान सकिन्छ।

- गुर्जो खाना खानुभन्दा अघि खाँदा त्यसले फाइदा गर्छ।


प्रकाशित मिति: बिहिबार, असोज ८, २०७७, २३:०४:००
प्रतिक्रिया दिनुहोस्