स्वास्थ्य

शिक्षा

कालिकोटमा कोरोनाबाट थप एक जनाको मृत्यु

घाटगाउँ डटकम

कालिकोट : रास्कोट नगरपालिका – १ की १८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । योसहित कालिकोटमा कोरोनाबाट मृत्य हुनेको संख्या ६ पुगेको छ ।  

घरमै सुत्केरी भएकी उनलाई ९ दिनसम्म उच्च रक्तस्राव भएपछि आफन्तले साउन २७ गते १० बजे जिल्ला अस्पताल मान्म ल्याएका थिए । 

उपचार गर्दा गर्दै १२ बजेर ४० मिनेटका उनको मृत्यु भएको थियो । मृत्युपछि उनको स्वाव परिक्षणका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो ।

२९ गते स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाबाट रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य अधिकृत गौरा कुमारी घर्तीमगरले बताइन्  । 
 
आइसोलेशन सेन्टरमा १ जना, होम आइसोलेशन सेन्टरमा ६२ जना र जिल्ला कोभिट अस्पतालमा २१ जना गरी जिल्लामा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ ।  

कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला कोभिट संकट ब्यवस्थापन केन्द्रले सबै स्थानीय तहलाई पत्रचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी देबेन्द्र प्रसाद श्रेष्ठले बताए । 


प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८, ०४:०२:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो सोमबार, साउन ३२, २०७८, ०४:०२:००
खुल्न थाले शक्तिपीठ सोमबार, साउन ३२, २०७८, ०४:०२:००