आर्थिक

दुर्घटनाका घाइतेलाई आर्थिक सहयोग

घाटगाउँ डटकम

राजविराज :   सवारी दुर्घटनामा परी घाइते भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कोइलाडीका उमेश मुखियालाई आज आर्थिक सहयोग प्रदान गरेको छ ।  

करिब चार महिनाअगाडि भैरहवामा सिटी रिक्सा चलाउने क्रममा  दुर्घटनामा परी एउटा खुट्टा गुमाएका ३८ वर्षीय मुखियालाई विदेशमा चन्दा सङकलन गरी पठाएको रु ३६ हजार रकम आज प्रदान गरिएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका सन्तोष मुखियाले कम्पनीबाट झण्डै रु ३६ हजार चन्दा सङ्कलन गरी उनको उपचारका लागि सहयोग गरेका छन् ।

यसअघि मुखियाको उपचारका लागि गाउँका प्रत्येक घरबाट रु पाँचका दरले चन्दा सङ्कलन गरी झण्डै रु २५ हजार आर्थिक  सहयोग गरिएको थियो । स्थानीय युवा दिलीप कुमारको पहलमा एक कार्यक्रमकाबीच पीडित परिवारलाई  सो रकम सहयोग प्रदान गरेका छन् । मुखियाको एक  छोरा र तीन  छोरी छन् । उनको उपचारका लागि झन्डै एक लाख ५० हजार रकम लाग्ने जनाइएको छ  ।  


प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८, ०५:२२:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो सोमबार, साउन ३२, २०७८, ०५:२२:००
खुल्न थाले शक्तिपीठ सोमबार, साउन ३२, २०७८, ०५:२२:००