समाज

चौकुनेमा पहिलो टोल विकास समिति दर्ता 

घाटगाउँ डटकम

१५ असोज, सुर्खेत । स्थानीय स्तरको विकास र समन्वयका लागि चौकुनेमा पहिलो टोल विकास समिति दर्ता भएको छ । गाउँपालिकाको आर्थिक, सामाजिक, भौतिक, पूर्वाधार निर्माण, सुशासन लगायतका क्षेत्रमा काम गर्ने उद्देश्यले गठन भएको टोल विकास समिति दर्ता भएको हो ।

अध्यक्ष धीरबहादुर शाहीले कोलगाड धाइरेखोला टोल विकास समितिलाई गाउँपालिकामा दर्ता भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । चौकुने ८ मा गठन भएको कोलगाड धाइरेखोला टोल विकास समिति चौकुनेमै दर्ता हुने पहिलो टोल विकास समिति हो ।

यसअघि हरेक वडामा दलीय टोल विकास समिति गठन भएपनि विकास निर्माणका उद्देश्यले काम गर्न यो टोल विकास समिति संस्थाकै रुपमा दर्ता भएको हो । 


प्रकाशित मिति: बिहिबार, असोज १५, २०७७, १२:४९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसमा ओइरो, नेकपामा पहिरो बिहिबार, असोज १५, २०७७, १२:४९:००
ओठमा आहा 'सगरमाथा' बिहिबार, असोज १५, २०७७, १२:४९:००