आर्थिक

साझा विकास रणनीति तय गर्न जरुरी छ : अर्थमन्त्री शर्मा

घाटगाउँ डटकम

काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले साझा विकास रणनीति तय गरेर मुलुकको विकास निर्माण प्रक्रियालाई तीव्र रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्  ।  यहाँ  आयोजित कान्तिपुर इकोनोमिक समिटलाई सम्बोधन गर्दै मन्त्री शर्माले सबै पक्षबीच व्यापक बहस गरेर दशवर्षे साझा विकास रणनीति तय गर्नुपर्नेमा जोड दिएका हुन्  ।  

उनले देश विकास सबैको साझा एजेन्डा भएकाले संविधानमा उल्लेख गरिएबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने गरी विकास रणनीति तय गर्नुपर्ने उल्लेख गरे । उनले नेपालको सन्दर्भमा ‘प्रगतिशील पूँजीवाद’ को अवधारणाअनुसार विकास रणनीति तय गर्नुपर्ने बताए ।  


प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८, ०५:२८:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो सोमबार, साउन ३२, २०७८, ०५:२८:००
खुल्न थाले शक्तिपीठ सोमबार, साउन ३२, २०७८, ०५:२८:००