मनोरञ्जन

अमेरिकामा एक साथ नेपालका पूर्व मिस नेपाल

घाटगाउँ डटकम

काठमाडौँ : नेपालमा हुँदा फाट्टफुट्ट भेटघाट गर्ने पूर्व मिस नेपालहरु अमेरिकामा भने एक साथ देखिएका छन् । पूर्व मिस नेपाल मलिना जोशी, सदिक्षा श्रेष्ठ र श्रृङ्खला खतिवडा अमेरिकामा एकसाथ देखिएका हुन् । अमेरिकामा आयोजना गरिएको  ‘मिस नेपाल नर्थ अमेरिका २०२१’मा सहभागी हुन उनीहरु अमेरिकामा एक साथ देखिएका हुन् ।

सौन्दर्य प्रतियोगीतामा निर्णायकको रुपमा सहभागी हुन उनीहरु अमेरिका पुगेको बताइएको छ । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा भने यो प्रतियोगीतामा सहभागी हुन र अध्ययनका लागि अमेरिका पुगेकी हुन् । मलिना, सदिक्षा र श्रृङ्खला मध्ये चलचित्र तथा भिडियोको रंगिन दुनियाँमा मलिना मात्र प्रवेश गरेकी छिन् । 


प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८, २३:०७:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो सोमबार, साउन ३२, २०७८, २३:०७:००
खुल्न थाले शक्तिपीठ सोमबार, साउन ३२, २०७८, २३:०७:००