शिक्षा

कोरोनाले सरस्वती माविमा दुई सिफ्टमा पठनपाठन

घाटगाउँ डटकम

१५ असोज, सुर्खेत । कोरोना महामारीका कारण चौकुने ९ घाटगाउँको सरस्वती माध्यामिक विद्यालय दुई सिफ्टमा सञ्चालन भएको छ । महामारीका कारण बिहान र दिउँसो गरेर दुई सिफ्टमा स्कुल सञ्चालन गरिएको हो ।

बिहान साढे ९ देखि साढे १२ बजेसम्म बिजोर रोल नम्बर भएका विद्यार्थीलाई पढाइने भएको सरस्वती माविका प्रधानाध्यापक भरतबहादुर रावलले जानकारी दिए । उनका अनुसार दिउँसो साढे १ देखि साढे ४ बजेसम्म जोर रोल नम्बर भएका विद्यार्थी पढाईनेछ ।

कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाई जोर विजोर गरेर पढाउँदा सामाजिक दुरी कायम हुनुका साथै महामारीबाट बच्न सघाउ पुग्ने स्कुलको योजना छ । कम विद्यार्थी भएपछि स्कुलमा बेन्चमा समेत बस्न सहज हुने शिक्षकहरुको भनाई छ ।

तर दुई सिफ्टमा पढाउनुपर्ने भएपछि शिक्षकलाई भने गाह्रो पर्ने भएको छ । यसअघि साढे १० बजेदेखि पढाउनुपर्ने विद्यार्थीलाई अब शिक्षकले बिहान र दिउँसो दुई सिफ्टमा पढाउनुपर्ने भएको हो । 

 


प्रकाशित मिति: बिहिबार, असोज १५, २०७७, १३:२८:००
प्रतिक्रिया दिनुहोस्