स्वास्थ्य

२४ घण्टामा थप ३ हजार ४२ जना कोरोना संक्रमित थपिए, २६ जनाको मृत्यु

घाटगाउँ डटकम

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २ हजार २४४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९३.१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ 


प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८, १७:१८:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शुक्रबार, भदौ ४, २०७८, १७:१८:००
खुल्न थाले शक्तिपीठ शुक्रबार, भदौ ४, २०७८, १७:१८:००