शिक्षा

गुर्जोरोपण तिव्र

घाटगाउँ डटकम

बागमती  :  प्रदेश अन्तर्गतका जिल्ला सदरमुकाममा गुर्जोरोपण र यसबाट बनेको धुलो एवं चिया वितरण तीव्र भएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले सिन्धुपाल्चोक सदरमुकाम चौतारा साँगाचोकगढी नगरपालिका, दोलखाको सदरमुकाम चरिकोट र काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा गरी करिब ७०० बिरुवा रोपिएको जानकारी दिए ।

गुर्जो रोपणलाई पछिल्लो समय जिल्ला सदरमुकाममा रहेका शिक्षालयमा रोप्ने अभियान तीव्र बनाइएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको जन जागृति माध्यमिक विद्यालय क्षेत्रमा करिब १०० बिरुवा रोपिएको छ । यसैगरी धुलिखेलस्थित सानो गोसाइँकुण्ड भनेर चिनिने नैमिषारण्य गुरुकुल परिसरमा ५० गुर्जोका बिरुवा रोपिएको छ ।

शिक्षालयलगायत ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वका सम्पदास्थलमा पनि गुर्जो रोपण गरिएको छ । चौतारा साँगाचोक गढी नगरपालिकाको साँगाचोकगढी एवं बच्छलादेवी मन्दिर परिसरमा पनि गुर्जो रोपण गरिएको छ । गुर्जो रोपणसँगै ती क्षेत्रमा गुर्जोको धुलो र चिया पति वितरण गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८, १७:५६:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शुक्रबार, भदौ ४, २०७८, १७:५६:००
खुल्न थाले शक्तिपीठ शुक्रबार, भदौ ४, २०७८, १७:५६:००