विविध

कोरोनाका कारण बोडेको द्यो प्याखँ प्रदर्शन नहुने

घाटगाउँ डटकम

काठमाडौं : मध्यपुर थिमि वडा नं ८ र ९ बोडेमा गाईजात्राको भोलिपल्टदेखि सुरु हुने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको द्यो प्याखँ (निलबाराही गणनाच) यसवर्ष प्रदर्शन नहुने भएको छ । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण यसवर्ष द्यो प्याखँ प्रदर्शन नहुने ८ नं वडा कार्यालयले जानकारी दिएको हो ।

वडाका प्रमुख प्रशासकीय प्रमुख रवीन्द्र श्रेष्ठले आज एक सूचना जारी गर्दै भीडभाड नहुने गरी विधि मात्र पु¥याई द्यो प्याखँ सम्पन्न गर्ने जानकारी दिए । सूचनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण तीव्ररुपमा बढिरहेको कारणले द्यो प्याखँ प्रदर्शन नगर्ने र कुनै पनि पूजाआजा नगर्ने नगराउने उल्लेख गरिएको छ । भक्तपुरका चार स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका सबैभन्दा धेरै कोरोना प्रभावित स्थानीय तह हो ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मध्यपुर थिमिमा हिजो बिहीबार साँझसम्म आठ हजार ६०९ जना कोरोना सङ्क्रमित छन् भने यहाँ ६८ पुरुष र ३४ महिला गरी १०२ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेको छ । मध्यपुर थिमिमा २३६ पुरुष र २१० महिला गरी ४४६ जना सक्रिय सङ्क्रमित छन् । तीमध्ये १३ पुरुष र २० महिला गरी ३३ जना अस्पतालमा उपचारारत छन् । सक्रिय सङ्क्रमितमध्ये ४१३ जना होम आइसोलेसनमा छन् । रासस


प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८, १८:१६:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शुक्रबार, भदौ ४, २०७८, १८:१६:००
खुल्न थाले शक्तिपीठ शुक्रबार, भदौ ४, २०७८, १८:१६:००