आर्थिक

मंगलबार पनि घट्यो सुनको मूल्य

घाटगाउँ डटकम

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।  

सोमबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन मंगलबार तोलामा ४ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १  हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ । 


प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८, १३:४९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो मंगलबार, भदौ १५, २०७८, १३:४९:००
खुल्न थाले शक्तिपीठ मंगलबार, भदौ १५, २०७८, १३:४९:००