समाज

जाजरकोट अपडेट : बेपत्ता मध्ये २३ जना सम्पर्कमा आए

घाटगाउँ डटकम

 

जाजरकोट : जाजरकोटको चाँदे हिमालमा देउता नुहाउन जाने क्रममा जुनीचाँदे गाउँपालिकाका १ का बेपत्ता सम्पर्कमा आएका छन्  ।

जाजरकोट प्रहरी नायब उपरिक्षक मधु कुमार थापाका अनुसार देउता नुहाउन चाँदे हिमाल जाने क्रममा बेपत्ता भएका भनिएका २३ जना गाउँले भर्खरै सम्पर्क आएका हुन्  ।  

उनीहरु अहिले जुनीचाँदे गाउँपालिकाको दहमा आएको र उद्धारको लागि प्रहरी त्यसतर्फ गएको उपरिक्षक थापाले बताए ।  मृत्यु भएकाको शव समेत साथमा लिएर आएका छन् । 

गत भदौ ३० गते गाउँबाट देउता नुहाउनको लागि चौरीपाटनको नदाई डाव हिडेका हुन्  ।  चाँदे हिमालको चौरीपाटनमा रहेको नदाई डावमा नारायण देउता नुहाउन जाने क्रममा लगातारको बर्षातसँगै आएको हावाहुरीमा परी उनीहरु सम्पर्क विहिन भएको थिए ।   

नुहाउन हिंडेका २५ जना मध्ये शुक्रबार अर्थात आज बिहान जनीचाँदे १ का ५८ बर्षका ऐवान रावत मृत अवस्थामा फेला परेका थिए ।   चाँदे हिमाल झण्डै ५ हजार मिटर उचाईमा रहेको अनुमान गरिएको छ ।   बिबिसीका पत्रकार, प्रकाश पन्तले दिएको जानकारीः


प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८, १६:२६:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शुक्रबार, असोज १, २०७८, १६:२६:००
खुल्न थाले शक्तिपीठ शुक्रबार, असोज १, २०७८, १६:२६:००
क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु शुक्रबार, असोज १, २०७८, १६:२६:००