राजनीति

कुन नैतिकताले सरकार चलाइरहेछन् मुख्यमन्त्री ?

घाटगाउँ डटकम

 

काठमाडौं : १० वर्षे जनयुद्धमा माओवादीले रगतको खोलो मात्रै बगाएन, परिर्वतनको नारा धेरे बेच्यो । माओवादीको लामो संघर्ष, हजारौं नेपाली जनताको बलिदानपछि र माओवादीकै बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको भन्ने प्रचण्डको छ । सबै माओवादी नेताहरुको दाबी पनि यही हो ।

तर, जनताको बलिदानमै टेकेर कर्णालीमा राजनीति गर्ने माओवादीका नेताहरु सत्ता र कुर्सीका लागि जे पनि गर्न तयार हुनु विडम्बना हो । अनि पद जोगाउनु जुनसूकै मूल्यको अपमान र बदनाम सहन पनि बाध्य हुनुपर्ने टिठलाग्दो कहानी कर्णालीमा छ ।

पछिल्लो समय मुख्यमन्त्री शाही सरकारका कुर्मराज शाही एकपछि अर्को विवादमा फसेका छन् । तर उनले एकवचन मन्त्री शाहीसँग स्पष्टीकरण सोध्ने हिम्मत गरेका छैनन । केही समयअघि कुषिमन्त्री शाहीलाई यौन दुर्व्यवहारको आरोप लागेको थियो । भिडियो समेत भाइरल भएपछि उनले राजीनामा दिने अनुमान थियो । नभए मुख्यमन्त्रीले नै बर्खास्त गर्ने पनि आँकलन गरियो ।

तर नागरिकका दुवै अनुमान र आँकलन फेल खाए । सामाजिक सञ्जालमा चर्को आलोचना हुँदा पनि मुख्यमन्त्री शाहीले कृषिमन्त्रीको संरक्षण गरे । प्रदेश सरकारले उल्टै कृषिमन्त्री शाहीको संरक्षणसमेत गरेको थियो । 

कर्णाली प्रदेश सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपालीले आरोपित मन्त्रीलाई कुन आधारमा बर्खास्त गर्ने भन्दै उल्टै मिडियाकर्मीसँग प्रतिप्रश्न गरेकी थिइन् ।

कर्णालीमा बेला बेला मानवीय इतिहासकै कलंकित घटनाहरु घट्ने गरेका छन् । दैलेखको सेते दमाई हत्या प्रकरणदेखि जाजरकोटका नवराज विकसम्मको घटनाले कर्णालीलाई धेरै हदसम्म अपराधिक क्षेत्रका रुपमा चित्रित गरेको छ । तर, यसमा कर्णाली सरकार निरीह  । कहिले पनि सक्रिय रुपमा घटनाको छानविन गरेन ।

घटना विषयमा दलका हिसाबले सबै दल बोले । सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसदेखि प्रतिपक्षमा रहेको नेकपा एमालेसम्म पनि बोले । तर, मुख्यमन्त्री शाही नेतृत्वको सरकारले मन्त्री यौन दुर्व्यवहारको घटनाका बारेमा एक शब्द बोलेनन् । यो जस्तो सत्ताको स्वेच्छाचारिता अरु के हुन सक्छ ? 

पछिल्लो समय उनी आफ्नै गृहजिल्लाको गाउँपालिका भवन शिलान्यास गर्दा पनि जनतामा भन्दा धामीझाँक्रीमा विश्वास गरेपछि आलोचित बने । उसो त यस्ता स साना उडन्ते गतिविधिका कारण मुख्यमन्त्री बढी चर्चामा रहन्छन् । 

झन् त्यसपछि कर्णालीमा अपराधिक घटना बढेका छन् । तर पनि मुख्यमन्त्री शाही रमिते बनेका छन् । एउटा नेतामा कम्तीमा शासकीय स्वभावसँगै उच्च नैतिकता पनि हुनुपर्नेमा मुख्यमन्त्री शाही कुन मुखले सरकार हाँकिरहेका छन् ? जनताको प्रश्न बढ्दो छ । 


प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८, १७:०५:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शुक्रबार, असोज १, २०७८, १७:०५:००
खुल्न थाले शक्तिपीठ शुक्रबार, असोज १, २०७८, १७:०५:००
क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु शुक्रबार, असोज १, २०७८, १७:०५:००