स्वास्थ्य

दुई गुणाले घट्यो कोरोना संक्रमित संख्या ?

घाटगाउँ डटकम

काठमाडौं : पछिल्लो २४ घण्टा यता नेपालमा सात सय ३४ जनामा कोरोना संत्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ३०४ जनाको पीसीआर परीक्षणमा ६५६ र २ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ४१३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८४ हजार ५६६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४० पुगेको छ भने ७ लाख ४९ हजार २१३ जना संक्रमणमुक्त भएका छन् ।


प्रकाशित मिति: आईतबार, असोज ३, २०७८, १७:२०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो आईतबार, असोज ३, २०७८, १७:२०:००
खुल्न थाले शक्तिपीठ आईतबार, असोज ३, २०७८, १७:२०:००