खानेपानी

घुतघुतेको खानेपानी वितरण कहिले ?

घाटगाउँ डटकम

१७ असोज, सुर्खेत । चौकुने गाउँपालिका ६ मा घुतघुते खानेपानी आयोजनाको निर्माण चलिरहेको छ । गाउँपालिकाले यसै बर्ष वडा नं. ६ का घर घरमा खानेपानीको धारा पुर्याउने उद्देश्यले यो आयोजनाको निर्माण शुरु गरेको हो ।

अहिलेसम्म आयोजनाको आधा काम पनि सम्पन्न हुन सकेको छैन् । प्रारम्भिक चरणमा केही काम भएपनि बाँकी धेरै काम निर्माणकै चरणमा रहेको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिएका छन् ।

खानेपानी आयोजनाको निर्माणस्थलको अनुगमन गरेपछि उनले चाँडै नै वडा नं. ६ का बासिन्दालाई घर घरमै खानेपानी वितरण हुने आशा व्यक्त गरे । घुतघुतेको पानी बर्षौदेखि खेर गइरहेको भएपनि गाउँपालिकाले गएको बर्षदेखि यो खानेपानीको आयोजना नै सञ्चालन गरेर निर्माण तथा वितरण कार्य शुरु गरेको हो । 


प्रकाशित मिति: शनिबार, असोज १७, २०७७, ०२:१८:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शनिबार, असोज १७, २०७७, ०२:१८:००
खुल्न थाले शक्तिपीठ शनिबार, असोज १७, २०७७, ०२:१८:००