खेलकुद

विविध

वडास्तरीय फुटबल प्रतियोगिता शुरु 

घाटगाउँ डटकम

१७ असोज, सुर्खेत । चौकुने गाउँपालिका १० मा वडास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ । सिगारीताल युवा क्लबको आयोजनामा प्रतियोगिता शुरु भएको हो । खेलाडी छनौटका लागि समेत प्रतियोगिता आयोजना गरिएको हो ।

चौकुने गाउँपालिका, वडा नं. १०, राष्ट्रिय युवा परिषद, गाउँपालिकाको खेलकुद समितिको सहयोगमा फुटबल प्रतियोगिता शुरु गरिएको हो । प्रतियोगितामा विभिन्न टिमको सहभागिता छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिताको उद्घाटन गरिएको छ । शनिबारदेखि नियमित खेलहरु सुचारु हुनेछन् ।

पछिल्लो समय चौकुनेमा फुटबल लगायतका खेलकुद गतिविधिहरु बढ्दै गएका छन् । 


प्रकाशित मिति: शनिबार, असोज १७, २०७७, ०२:३०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शनिबार, असोज १७, २०७७, ०२:३०:००
खुल्न थाले शक्तिपीठ शनिबार, असोज १७, २०७७, ०२:३०:००