राजनीति

सुर्खेतमा १२ दिन लामो निषेधाज्ञा हट्यो 

घाटगाउँ डटकम

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले तीजलाई लक्षित गर्दै भदौ १ देखि जारी गरेको निषेधाज्ञा भदौ १२ गते रातीबाट हटाएको हो ।

कोरोना भाइरस कोभिड –१९ को महामारी समुदाय स्तरमा फैलन नदिन वीरेन्द्रनगरमा निषेधाज्ञा लगाएको थियो । जसको असर चौकुने गाउँपालिका लगायत अरु ठाउँमा पनि परेको थियो । 

‘भीडभाडले कोरोनाको जोखिम बढ्ने भएकोले भदौ १ गतेबाट लगाइएको निषेधाज्ञा शनिबारबाट हटाइने छ,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने ‘निषेधाज्ञा खोलेपनि भीडभाड गर्ने विभिन्न कार्यक्रम गर्ने जस्ता क्रियाकलापमा प्रशासनले कडाई गर्ने छ र नागरिकले सुरक्षाका न्युनतम मापदण्ड पुरा गर्नुपर्नेछ ।’

निषेधाज्ञा हटाइएपनि सुर्खेतमा जोर बिजोर प्रणाली लागु गरिएको छ । 
 


प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७, ०५:०२:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शनिबार, भदौ १३, २०७७, ०५:०२:००
खुल्न थाले शक्तिपीठ शनिबार, भदौ १३, २०७७, ०५:०२:००