शिक्षा

सबै परीक्षा सञ्चालन गर्ने सरकारको निर्णय

घाटगाउँ डटकम

२१ असोज, काठमाडौं । सरकारले कोरोनाले स्थगित सबै किसीमका परीक्षा सञ्चालन गर्न सरकारलाई अनुमति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सञ्चालन गर्न सैद्धातिक स्वीकृति दिने निर्णय गरेको हो ।

बैठकले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ ।

सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो । अब सरकारले नै अनुमति दिएपछि रोकिएका सबै परीक्षाहरु सञ्चालन हुने भएका छन् ।


प्रकाशित मिति: बुधबार, असोज २१, २०७७, १३:११:००
प्रतिक्रिया दिनुहोस्