शिक्षा

विद्यालयबाट क्वारेन्टाइन हटाउन माग

घाटगाउँ डटकम

सुर्खेत । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सेजप कर्णाली प्रदेश समितिले कर्णालीका विद्यालयहरुलाई अझै क्वारेन्टीन बनाइएको भन्दै विद्यालयहरुबाट तत्काल हटाउन प्रदेश सरकारसँग माग गरेको छ । सरकारको गत साउन १२ गतेको निर्णय स्मरण गराउँदै अझैपनि केही विद्यालयहरु क्वारेन्टीनको रुपमा प्रयोग भएकाले विद्यालयहरु क्वारेन्टीन मुक्त बनाई शैक्षिक वातावरण सृजना गर्न समितिले माग गरेको हो । समितिका अध्यक्ष टीकाराम आचार्यले एक विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन ।

विहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै समितिले सामाजिक विकास मन्त्रालयका सचिव लोक प्रसाद पौडेलको अध्यक्षतामा बैठक बसी विद्यालय भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीहरुको संख्यात्मक रुपमा एकिन गर्ने लगायतका निर्णयहरुको समेत स्मरण गराएको छ । 

सुर्खेतका ४, दैलेखका १ र सल्यान जिल्लाका १ गरी ६ वटा विद्यालय क्वारेन्टीन बनाइएको भन्दै ती विद्यालयहरुलाई तत्काल खाली गर्नुका साथै निर्मलिकरण गरी अभिभावक र बालबालिकालाई मनोबैज्ञानिक रुपमा शैक्षिक वातावरण सृजना गर्न सम्बन्धित स्थानीय तह, जिल्ला स्थित स्वास्थ्य सेवा कार्यालय र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ ।

चौकुने गाउँपालिकाको ६ गुटु, ९ घाटगाउँ, तोस्रा लगायतका ठाउँका विद्यालयलाई क्वारेन्टाइन निर्माण गरिएको थियो । 


प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७, ०५:५३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शनिबार, भदौ १३, २०७७, ०५:५३:००
खुल्न थाले शक्तिपीठ शनिबार, भदौ १३, २०७७, ०५:५३:००