घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
स्वास्थ्य
चौकुने ६
लक्षण नदेखिएपछि चौकुनेका संक्रमित घर फिर्ता

२४ असोज, सुर्खेत । १५ दिनसम्म पनि आइसोलेसनमा बस्दा लक्षण नदेखिएपछि चौकुनेका ९ जना संक्रमितलाई घर पठाइएको छ । दुई हप्ताअघि संक्रमण देखिएका ९ जनालाई एउटै आइसोलेसनमा राखिएको थियो ।
चौकुने गाउँपालिकाका शिक्षा अधिकृत टेकेन्द्र क्षेत्रीसहित ९ जनालाई शनिबार ज्वरो नापेर घर पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेयले जानकारी दिए । कोरोना रिर्पोट पोजेटिभ आएपनि उनीहरुलाई आइसोलेसनमा राखिएको थियो ।
अरुलाई फैलिने डरले उनीहरुलाई छुट्टै आइसोलेसनमा समेत राखियो । तर लक्षण नदेखिएपछि १५ दिनमा घर पठाइएको पाण्डेयले बताए । स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका संक्रमितलाई १० दिनपछि नै अस्पतालबाट डिस्चार्ज गर्ने गरेको छ ।
तर १५ दिन बस्दा पनि कुनै गम्भिर लक्षण नदेखिएपछि घर पठाइएको हो । सरकारले लक्षण नदेखिएका संक्रमितको अन्तिम रिर्पोट अनिवार्य गरेको छैन् ।
थप समाचार
ब्लग
लोकप्रिय
- एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- कर्णालीमा पहिलो चरण ९ हजार ४२० जनालाई कोरोना खोप
- वार्ता अनिश्चित, विप्लव समूहमाथि प्रतिबन्ध पनि नहट्ने