खेलकुद

विविध

गिल र कार्त्तिकको अर्धशतक

घाटगाउँ डटकम

२४ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा पञ्जाबविरुद्ध कोलकत्ताका कप्तान दिनेश कात्र्तिक र शुभमान गिलले अर्धशतक बनाएका छन् । दुबईमा टस जितेर पहिले व्याटिङ थालेको कोलकत्ताले खराब शुरुवात गरेपनि कप्तान कात्र्तिक र ओपनर व्याट्सम्यान गिलको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १६४ रन बनाएको छ ।

कोलकत्ताका लागि कार्तिकले ५८ र गिलले ५७ रन बनाए । दुवैले चौथो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । यस्तै इयोन मोर्गनले २४ रन बनाए । नितिश राना र राहुल त्रिपाठी भने आज खासै चल्न सकेनन् ।

पञ्जाबका शामी, अशदीप र रविले एक एक विकेट लिए । १ सय ६५ रनको लक्ष्य पछ्याँउदै पञ्जाब केही बेरमा जवाफी व्याटिङ गर्दैछ ।

यस्तै आज हुने दोस्रो खेलमा चेन्नेई र बेंग्लोर भिड्दैछन् । खेल राती पौने ८ बजे दुबईमा हुनेछ । प्लेअफ सम्भावना बाँकी राख्न आज चेन्नेईलाई जित्नैपर्ने दबाब छ । बेंग्लोर पनि पछिल्लो समय उत्कृष्ट टिमका रुपमा दरिएको छ ।

 


प्रकाशित मिति: शनिबार, असोज २४, २०७७, १७:५०:००
प्रतिक्रिया दिनुहोस्