शिक्षा

राष्ट्रिय माविको अध्यक्षमा अर्जुन विश्वकर्मा 

घाटगाउँ डटकम

सुर्खेत । चौकुने गाउँपालिका २ लगाममा रहेको राष्ट्रिय माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा अर्जुन विश्वकर्मा चयन भएका छन् । बिहीबार बसेको विद्यालय व्यवस्थापन समितिका सदस्यको बैठकले अर्जुनलाई अध्यक्षमा चयन गरेकको हो । 

व्यवस्थापन समितिको सदस्यमा चन्द्रकला थापा, उदय बहादुर सावद, पदमराज जैसी, घनबहादुर राना, तुल्सी पौडेल, वडा प्रतिनिधि मिलन बान्तोला, शिक्षक प्रतिनिधि नर बहादुर बान्तोला र सदस्य सचिवमा विद्यालयका प्रध्यानाध्यापक लाल बहादुर थापा चयन भएका हुन् ।

उनी यसअघि पनि सोही विद्यालयको अध्यक्ष बनेका थिए । 
 


प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७, ०६:०७:००
प्रतिक्रिया दिनुहोस्