मनोरञ्जन

विविध

आर्यनको सिक्स प्याक ज्यान

घाटगाउँ डटकम

काठमाडौं । कलाकारलाई जे गरेपनि चर्चा हुन्छ, तर ताली र गालीको बर्षा भने रोकिदैन् । हालै नायक आर्यन अधिकारीले सिक्स प्याक ज्यान बनाएका छन् । अमेरिकामा रहेका उनी सिक्स प्याक ज्यानका साथ समुन्द्र्री तटमा उभिएर फोटो पनि खिचेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको उनको यो फोटोले चर्चा पाएपनि उनलाई गाली गर्नेको कमी छैन् । फिल्ममा खासै सफल हुन नसकेका यी नायक अहिले ज्यान बनाउन व्यस्त छन् । ज्यान बनाएपनि उनले चर्चामा ताली भन्दा बढी गाली खाइरहेका छन् ।


खासगरी ज्यान बनाउने मेहनत अभिनय सिक्नमा खर्च गर्न नसकेको भन्दै उनलाई गालीको बर्षा भइरहेको हो । आकाश अधिकारी निर्देशित फिल्म ‘के म तिम्रो होइन र’ बाट उनले अभिनेताको रुपमा डेब्यू गरेपनि सफल हुन सकेका थिएनन् । 


प्रकाशित मिति: आईतबार, असोज २५, २०७७, १७:१२:००
प्रतिक्रिया दिनुहोस्