शिक्षा

अब कक्षा ११ र १२ को फाइनल परीक्षा घाटगाउँमै !

घाटगाउँ खबर

२६ असोज, सुर्खेत । सरस्वती मावि घाटगाउँमा पहिलोपटक कक्षा ११ र १२ को परीक्षा हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण झण्डै ७ महिना ठप्प भएको विद्यालयमा पहिलो पटक कक्षा ११ र १२ को परीक्षा हुने भएको हो ।

कोरोना भाइरसले गर्दा विद्यालयको पठनपाठन ठप्प हुदा कक्षा ११ र १२ को फाइनल परीक्षा रोकिएको थियो । अब रोकिएको परीक्षा केन्द्रको निर्देशनअनुसार आ आफ्नै स्कुलमा हुने भएको हो । यससम्बन्धिको निर्देशक राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले दिने गरेको छ ।

उच्च शिक्षा सञ्चालन गरेको सरस्वती माविले पहिलोपटक कक्षा ११ र १२ को परीक्षा गर्न लागेको प्रधानाध्यापक भरतबहादुर रावलले जानकारी दिए । उनका अनुसार कक्षा ११ को परीक्षा कात्तिक १९ गतेदेखि शुरु हुनेछ ।

कक्षा १२ को परीक्षा भने केही समय पछि सुचारु गरिने प्रअ रावलको भनाई छ । परीक्षा हुने पक्का भएपछि विद्यार्थीलाई तयारी गर्न पनि विद्यालयले आग्रह गरेको छ । यसअघि कक्षा ११ र १२ को परीक्षा विद्यापूर, विजौरा लगायत ठाउँमा हुने गरेको थियो ।

यसअघि कोरोनाका कारण रोकिएको माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा आन्तरिक मूल्यांकलनबाट सार्वजनिक गरिएको थियो । नेपालको संविधान २०७२ ले कक्षा १२ सम्मलाई माध्यामिक शिक्षामा राखेको छ ।

जसको अधिकार स्थानीय तहलाई छ । कोरोना महामारीका कारण रोकिएको पठनपाठन सञ्चालन गर्न केन्द्र सरकार महिनौदेखि अलमलमा परेका बेला विज्ञहरुकै जोडबलमा स्थानीय सरकारले पठनपाठन थालेका हुन् ।

यही जोडबलमा केन्द्र सरकारले पहिलोपटक कक्षा ११ र १२ को परीक्षाा सञ्चालन गर्ने अधिकार पनि विद्यालयलाई दिएको हो । 


प्रकाशित मिति: सोमबार, असोज २६, २०७७, ११:३३:००
प्रतिक्रिया दिनुहोस्