घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
विविध
दशैंँमा घर फर्किनेको लर्को, गाउँमा जोखिम बढ्यो !
२७ असोज, सुर्खेत । दशैँका लागि भनेर भारत र शहरबाट घर फर्किनेको लर्को लागेको छ । कोरोना महामारीमा दशैँमा फेरि लकडाउन वा निषेधाज्ञा हुने सम्भावना बढेपछि परदेश गएकाहरु पहिल्यै घर फर्किन थालेका हुन् ।
सरकारले मंगलबारदेखि सार्वजनिक गाडीमा लागु गरेको आधा सीटमा मात्रै यात्रु राख्ने यसअघिको निर्णय फिर्ता लिएर सबै सीटमा यात्रु राख्ने व्यवस्था गरेको छ । यसले झन कोरोना भाइरस भयावह हुने संकेत देखिएको छ ।
कोरोना भाइरसका कारण महामारी बढेका बेला गाउँमा समेत थप जोखिम बढेको छ । खासगरी रोजगारीका लागि भारत गएकाहरु धमाधम अहिले गाउँ फर्किरहेका छन् । दशैँ नजिकिदै जाँदा गाउँमा भने चहलपहल बढ्दो छ ।
गाउँमा चहलपहल बढेपछि दशैँको रौनक पनि थपिदो छ । तर कोरोना भाइरसको महामारीले गर्दा रौनक बढेपनि भित्रभित्र डर र जोखिम पनि बढ्दो छ । केन्द्र सरकारले झै स्थानीय सरकारले पनि कोरोना महामारी नियन्त्रणबाट लगभग हात झिकिसकेका छन् ।
उसले नागरिकलाई सजग हुन्, सतर्क हुने, मास्क लगाउन, सामाजिक दुरी कायम गर्न भनेपनि यो सामान्यीकरण गरेर गतिविधिमा कुनै रोक लगाएको छैन् । जसकारण कोरोनाको जोखिम थप बढ्दै गएको छ ।
यसले गाउँमा चिन्ता मात्रै होइन्, सबैलाई फेरि कोरोना भयावह हुने सम्भावना बढेको छ ।
गाउँमा जोखिम, बुढाबुढीलाई त्रास
यतिबेला गाउँमा भारत लगायतका देशबाट धमाधम परदेशीहरु फर्किरहदा गाउँमा रहेका बुढाबुढी सबैभन्दा बढी जोखिममा परेका छन् । शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम हुनु, दीर्घरोगी हुन्, दम, श्वासप्रश्वास जस्ता समस्याले थलिएका बुढाबुढीलाई कोरोनाले सबैभन्दा बढी मार पार्ने देखिन्छ ।
अहिलेसम्म घाटगाउँ लगायत चौकुनेमा कोरोनाकै कारण भनेर खासै कसैको ज्यान गएको अवस्था छैन् । तर अहिले भने कोरोना भयावह रुपमा फैलिएका बेला गाउँमा रहेका बुढाबुढी यसबाट सबैभन्दा धेरै प्रभावित हुने अनुमान गर्न सकिन्छ ।
शहर र भारत लगायतका देशबाट कोरोना लिएर फर्किनेहरुलाई क्वारेन्टाइन राख्ने, परीक्षण व्यापक बनाउने जस्ता काम अहिले केन्द्र सरकारबाटै लगभग रोकिएको बेला गाउँमा झन यो अवस्था सामान्य बन्दै गएको छ ।
सरकारले नै कोरोनाको लक्षण नदेखिएमा परीक्षण नगर्न भनेका बेला गाउँमा सोझै युवाहरु घर घर पुग्ने कारणले पनि समस्या आउन सक्ने आकलन छ । यद्यपी यसका लागि अब हरेक नागरिक आफै र खासगरी बुढाबुढीले विशेष सजगता अपनाएर जोगिनुको विकल्प छैन् ।
थप समाचार
ब्लग
लोकप्रिय
- एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- मोटरसाइकल दुर्घटना हुँदा चौकुनेका वडाध्यक्ष र गाउँकमिटि अध्यक्ष घाइते
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- कर्णालीमा पहिलो चरण ९ हजार ४२० जनालाई कोरोना खोप