चौकुने ९

चौकुने ६

चौकुनेमा कोरोना संक्रमण शुन्य छ : अध्यक्ष शाही 

घाटगाउँ डटकम

२९ असोज, सुर्खेत । चौकुने गाउँपालिकामा कोरोना संक्रमण शुन्य रहेको अध्यक्ष धीरबहादुर शाहीले बताएका छन् । पछिल्लो केही समययता केही संक्रमित देखिएपनि उनीहरुमा लक्षण नदेखिएर आइसोलेसनबाट घर पठाएसँगै अहिले संक्रमण शुन्य रहेको उनले बताएका छन् ।

संक्रमण बढेको हुन सक्ने भएपनि गम्भिर लक्षण देखिएका र कोरोनाकै कारण कसैको मृत्यु नभएकाले अहिले संक्रमण शुन्य देखिएको उनको भनाई छ । यद्यपी बाहिरबाट भित्रिनेको संख्या पछिल्लो समय बढ्दै गएपनि परीक्षण भने हुन सकेको छैन् ।

दशैँमा भारत तथा शहरबाट फर्किनेलाई घरभित्रै बस्न पनि उनले सुझाव दिएका छन् । गाउँघरमा रहेका वृद्धवृद्धालाई कोरोनाले सबैभन्दा धेरै असर गर्ने हुँदा घरमै छुट्टै क्वारेन्टाइन तथा आइसोलेसनमा बस्न पनि उनले सुझाव दिएका हुन् । 


प्रकाशित मिति: बिहिबार, असोज २९, २०७७, १०:५७:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसमा ओइरो, नेकपामा पहिरो बिहिबार, असोज २९, २०७७, १०:५७:००
ओठमा आहा 'सगरमाथा' बिहिबार, असोज २९, २०७७, १०:५७:००