शिक्षा

चौकुने १०

बर्षाले भत्किएको विद्यालय शौचालय बनाउन हारगुहार 

घाटगाउँ खबर

३० असोज, सुर्खेत । गएको साउनको झरीमा भत्किएको घाटगाउँ सरस्वती माविको शौचालय अलपत्र परेको छ । विद्यालय आफैले मर्मत गर्न नसक्दा शौचालय भत्किएको तीन महिनासम्म पनि अलपत्र परेको हो । 

पूरानो तथा भत्किएको शौचालय जीर्ण अवस्थामा रहदा स्कुलमा बजेट नभएपछि अलपत्रै छाड्नुपरेको विद्यालयका प्रधानाध्यापक भरतबहादुर रावलले जानकारी दिए । उनका अनुसार झण्डै ८ सय विद्यार्थी अध्ययनरत स्कुलमा पर्याप्त बजेट नहुँदा जीर्ण रहेको शौचालय समेत मर्मत गर्न नसकिएको हो ।

शौचालय मर्मतका लागि विद्यालय व्यवस्थापन समितिको निर्णयसहित चौकुने गाउँपालिकामा मागपत्र पठाइएको उनले बताए । आन्तरिक स्रोत नभएकै कारण शौचालय मर्मतका लागि गाउँपालिकासँग बजेट माग गर्नु परेको पनि उनको भनाई छ ।

कोरोना भाइरसको महामारीका कारण गएको चैतदेखि विद्यालय बन्द छन् । विद्यालय बन्द रहेका कारण प्रयोग नहुने भएपछि जीर्ण रहेको शौचालय मर्मत नभएको हो । तर अहिले दुई सिफ्ट गरेर विद्यालय सञ्चालन भइरहेका छन् । सोही कारण पनि जीर्ण शौचालय मर्मत गर्नुपर्ने बाध्यता बढेको हो ।


 


प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७, ०८:४३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो शुक्रबार, असोज ३०, २०७७, ०८:४३:००
खुल्न थाले शक्तिपीठ शुक्रबार, असोज ३०, २०७७, ०८:४३:००
क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु शुक्रबार, असोज ३०, २०७७, ०८:४३:००