आर्थिक

भेडा मर्दा २६ लाख क्षति 

घाटगाउँ डटकम

सुर्खेत । जुम्लाको पातारासी गाउँपालिका—४ ढाँणखर्कमा चट्याङ लागेर २ सय १७ भेडा मरेका छन् । सोमबार दिउँसो परेको चट्याङ लागेर ढाँणखर्क पाटनमा बास बसेका २ सय १७ भेडा मरेका हुन् ।

भेडा मर्दा २६ लाख ४ हजार रुपैयाँ बराबरको क्षति भएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । भेट्नरी तथा पशु अस्पताल जुम्लाका प्रमुख गोविन्द महतले विवरण आएपछि क्षतिपूर्तिका लागि कर्णाली प्रदेश सरकार र सङ्घीय सरकारलाई पठाइने जानकारी दिए ।

गत वर्ष पनि चट्याङ लागेर तिला गाउँपालिका—६ सूँडी गाउँका २ सय ५० भेडा मरेका थिए ।


प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७, ०६:३४:००
प्रतिक्रिया दिनुहोस्