घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
समाज
चौकुने १०
चौकुने ९
घाटगाउँमा यस बर्ष देउसी नखेलिने, भुवा जात्रा स्थगित

३ कार्तिक, सुर्खेत । घाटगाउँमा यस बर्ष देउसी भैलो खेल्न नपाइने भएको छ । कोरोना भाइरसको महामारीका कारण यस बर्ष देउसी भैलो खेल्न नपाईने हो । चौकुने गाउँपालिकाको ९ र १० नम्बर वडाको संयुक्त बैठकले यस बर्ष देउसी भैलो खेल्न नदिने निर्णय गरेसँगै भुवा जात्रा पनि स्थगित भएको छ ।
चौकुने ९ का वडाध्यक्ष नवराज आचार्य र १० का वडाध्यक्ष शंकर विश्वकर्माको संयुक्त अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले यस बर्ष विगतजस्तो दशैँ तिहारमा जमघट, मेला पर्व, देउसी भैलो तथा रमाईलो गनृ बन्देज लगाएको हो ।
यस्तै चाँडपर्वमा जाँडरक्सी खान र जमघट गर्न पनि मनाही गरिएको छ । साथै जाँडरक्सी उत्पादन तथा वितरण गरेमा २५ सय रुपैयाँसम्म जरिवाना गर्ने निर्णय पनि घाटगाउँका दुवै वडाका सर्वदलीय बैठकले गरेका छन् ।
कोरोना भाइरसको महामारी बढेका कारण शहर तथा भारतबाट आएकालाई घरमै बस्न र बाहिर ननिस्कन आग्रह गरिएको छ । चौकुनेमा पछिल्लो समय कोरोना संक्रमण फैलिएपनि नयाँ परीक्षण नभएका कारण संक्रमितको संख्या शुन्य रहेको गाउँपालिकाले दाबी गर्ने गरेको छ ।
बैठकमा वडाध्यक्षद्धय आचार्य र विश्वकर्मा (कामी)सँगै नेकपा तथा कांग्रेसका स्थानीय नेताहरुका साथै वडा सचिवको पनि उपस्थिती थियो ।
थप समाचार
ब्लग
लोकप्रिय
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- वार्ता अनिश्चित, विप्लव समूहमाथि प्रतिबन्ध पनि नहट्ने
- पहिलो चरणमा ४० दोस्रोमा ३७ जिल्लामा चुनाव गर्ने
- ओठमा आहा 'सगरमाथा'