ब्लग

शिक्षा

चौकुने १०

चौकुने गाउँपालिका अध्यक्षलाई खुलापत्र 

लोकेन्द्र शाही

शिक्षा मानिसलाई बाटो देखाउने एउटा मार्ग हो । कुनै विषयमा ज्ञान लिनु वा दिनुलाई पनि शिक्षा भनिन्छ । शिक्षा ग्रहण गर्नको लागि कुनै उमेर, जात, लिङ्ग, धर्म संस्कारले छेक्न सक्दैन । मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिले पनि शिक्षा ग्रहण गरेको हुदैन । 

शिक्षाकै कारण नै यो संसार छ । यदि शिक्षा नभएको भए यो संसार हुदैनथ्यो । सायद शिक्षा नभएको भए यो संसार अन्धकार भित्र गुन्जिरहन्थ्यो होला ।
कतिपय समुदायका व्यक्तिहरु अझैपनि शिक्षावाट बन्चित भएका छन् । अशिक्षाको कारणले गर्दा अहिले लाखौँ नेपाली युवाहरु बिदेशीन बाध्य भएका छन् । अशिक्षाको कारणले गर्दा आम नेपालीहरु पराइ भूमिमा रातदिन पसिना बगाउन बाध्य भएका छन् । 

कति नेपालीहरु आफ्नो ज्यान पनि गुमाईरहेका छन् । अशिक्षाको कारणले गर्दा र नेपालमा बेरोजगार भएपछि एउटा सुन्दर सपना बोकेर विदेशिने नेपालीहरु बाकसमा लास भएर नेपाल फर्किन परेका छन् । कति घरवारविहीन भएका छन् ।

हाम्रो देश नेपालको शिक्षा प्रणाली हेर्ने हो भने धेरै खालका भिन्नता देखिन्छ । कतिपय क्षेत्रहरुमा अहिलेसम्म पनि प्राथमिक बिधालयसमेत उपलब्ध छैन । त्यही अन्धकार समाजमा गुन्जिएर शिक्षाबाट बञ्चित भईरहेका छन् । त्यसैले गर्दा एउटा असल व्यक्ति बनाउनको लागि पनि शिक्षाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । एउटा व्यक्तिदेखि लिएर समाज, समुदाय, राष्ट्रलाई पनि सुधार्नलाई शिक्षा आवश्यक छ । 

एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समुदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आबश्यक हुन्छ।शिक्षाको महत्व पनि त्यतिकै आवश्यक छ । एउटा राम्रो स्वस्थकर जीवनयापन गर्नको लागि पनि शिक्षाको महत्व हुन्छ । एउटा समाजमा सम्मानित व्यक्ति भएर जिउनको लागि शिक्षाको महत्व छ । 

नेपालमै राम्रो रोजगार गर्नकोलागि पनि शिक्षाको महत्व हुन्छ । एउटा जीवनको जति महत्व छ, त्यतिनै शिक्षाको पनि महत्व छ । जीवनको जति मूल्य छ त्यतिनै शिक्षाको पनि मूल्य छ । किनकी शिक्षा बिनाको जीवन पनि एउटा दृष्टिविहीन व्यक्ति जस्तै हो । एउटा दृष्टिविहीन व्यक्तिसँग सबै कुरा भएता पनि उनीहरु सँग एउटा मात्र कमजोरी हुन्छ । जुन आखाको ज्योति हो ।

त्यसैले उनीहरु सबै कुरावाट पूर्ण भएपनि उनीहरुले यो संसार हेर्न, देख्न सकिरहेका हुदैनन् । शिक्षा पनि त्यस्तै हो । जति सुकै धन सम्पतिले भरिपुर्ण किन नहोस् तर उसँग शिक्षा छैन भने उसले केही गर्न सक्दैन । शिक्षा छैन भने उसलाई कसरी सम्मान गरेर बोल्नु पर्ने कुराहरु थाहा हुदैन । आफूसँग भएको धनलाई कसरी सदुपयोग गर्ने जस्ता कुराहरु पनि उसलाई थाहा हुदैन । त्यसैले गर्दा एउटा असल व्यक्ति, परिवार, समाज, समुदाय र राष्ट्र बन्नको लागि शिक्षाको धेरै आवश्यक र महत्व हुन्छ ।

विद्यालय भवन बनाउँदा भ्रष्टाचार कहिलेसम्म ? 

चौकुने गाउँपालिका १० चौकुने देविस्थान विद्यालयको तस्विरलाई नियाल्दा प्रष्ट बुझिन्छ । एउटा विचित्रको अवहेलना ती भविष्यका कर्णधार ती सन्तति नानी बाबुहरुको जीवनप्रति चिन्तन गर्ने होइन कि आँखाको ज्योतिलाई रित्याउने ठूलो प्रपन्च हो । ती सन्तती हरुलाई अन्धकारमा धकेल्नु सिवाय अरू केहीपनि  देखिदैन चौकुने गाउँपालिकाका अध्यक्ष ज्यू तथा स्थानीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। 

चौकुने १० का नेकपाका पार्टी अध्यक्ष ज्यूले नै त्यो विद्यालयको ठेका लिएको प्रष्ट तपाईंलाई जगजाहेर नै छ । र सोही व्यक्ति देवीस्थान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुनुहुन्छ । विद्यालय भवन निर्माण सम्बन्धी र ती सन्ततिको जीवन र शिक्षाको गुणस्तर आवश्यकता र महत्वप्रति चिन्तन भएको देखिदैन । उहाँको चरित्रले प्रष्ट पारेको बुझिन्छ । चौकुने गाउँपालिकाका अध्यक्ष महोदय ज्यूले यो समस्याको समाधान अनिवार्य रुपमा गर्नुहुने छ भन्ने विश्वास गरेको छु । (सामाजिक सञ्जालबाट) 


प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७, ०३:०९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसमा ओइरो, नेकपामा पहिरो मंगलबार, कात्तिक ४, २०७७, ०३:०९:००
ओठमा आहा 'सगरमाथा' मंगलबार, कात्तिक ४, २०७७, ०३:०९:००