खेलकुद

लिभरपुल र सिटीको बराबरी

घाटगाउँ डटकम

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । सिटीको घरेलु मैदानमा लिभरपुलले लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्न बाध्य भएको हो ।

मोहमद सलाहले खेल शुरु भएको १३ मिनेटमै पेनाल्टीमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको १५ मिनेटमै सिटीका गाब्रियल जिससले बराबरी गोल गरे । सिटीले पाएको पेनाल्टीमा गोल गर्न नसक्दा जित्ने सुन्दर मौका गुमाएको हो ।

बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । घरेलु मैदानको बराबरीसँगै सिटीले ७ खेलमा १२ अंक जोडेको छ । सिटी लिगको ११ औं स्थानमा रहेको छ । तेस्रो स्थानको लिभरपुलले ८ खेलमा १७ अंक जोडेको छ ।


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७, ०८:५८:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसमा ओइरो, नेकपामा पहिरो सोमबार, कात्तिक २४, २०७७, ०८:५८:००
ओठमा आहा 'सगरमाथा' सोमबार, कात्तिक २४, २०७७, ०८:५८:००