मनोरञ्जन

बर्षाले प्रेम गर्ने युवक को हुन् ?

घाटगाउँ डटकम

काठमाडौं । नायिका वर्षा सिवाकोटी अमेरिकामा रहेका युवकसँग प्रेममा परेकी छिन् । दशैंको टिका थापेर अमेरिका पुगेकी उनी त्यसयता सविनसँग प्रेममा डुबेकी हुन् । उनी प्रेमीसँग विभिन्न ठाउँ घुमेको, उठेको बसेको मात्रै नभई प्रेमिल शहरमा रोमान्स गरेको तस्बिर पनि सामाजिक सञ्जालमा देखिएका छन् ।

वर्षाले अमेरिकामा रहेका आफ्ना प्रेमी सविनजंग थापासँगको भेटघाटको तस्वीर पनि इन्स्टाग्राममा शेयर गरेकी छिन् । भेटघाटमा वर्षाको लागि सविनले गीत गाएको देख्न सकिन्छ । वर्षाले सामाजिक संजालमा शेयर गरेको तस्वीरले उनीहरुको भेटघाट विशेष भएको वुझ्न सकिन्छ ।

वर्षाले आफू विशेष कामले अमेरिका आएको र सो समयमा सविनसँग भेटघाट गरेको बताएकी छिन् ।


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७, १०:०९:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

भेरी कर्णालीको दोभान विकास गर्ने कहिले ?  सोमबार, कात्तिक २४, २०७७, १०:०९:००
हुम्लामा खाद्यान्न अभाव सोमबार, कात्तिक २४, २०७७, १०:०९:००