खेलकुद

आईपीएल कसले जित्छ ? 

घाटगाउँ डटकम

एजेन्सी । आईपीएल क्रिकेटको उपाधिका लागि मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्दैछन् । दुबईमा राती पौने ८ बजेदेखि शुरु हुने खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । मुम्बई दिल्लीलाई हराउदै पहिलो क्वालिफायरबाटै फाइनल पुगेको हो ।

दिल्ली भने दोस्रो क्वालिफायरमा हैदरावादलाई हराउँदै फाइनल पुगेको हो । मुम्बई आईपीएलको चार पटकको विजेता हो भने दिल्ली पहिलो पटक फाइनल पुगेको हो । यसपटक दिल्लीको टिम बलियो भएकाले दिल्लीले नै उपाधि जित्ने अपेक्षा राखिएको छ ।

तर यसअघि भएका दुईवटै खेलमा दिल्ली मुम्बईसँग पराजित भएको थियो ।


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७, १८:५३:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

भेरी कर्णालीको दोभान विकास गर्ने कहिले ?  मंगलबार, कात्तिक २५, २०७७, १८:५३:००
हुम्लामा खाद्यान्न अभाव मंगलबार, कात्तिक २५, २०७७, १८:५३:००