कृषि

प्रदेश सरकारको लालपुर्जा छैन : मन्त्री केसी

घाटगाउँ डटकम

सुर्खेत ।  कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले प्रदेश सरकारको आफ्नै संरचनाको लालपुर्जा नभएको बताएकी छन ।

    प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भूमिसम्बन्धी समस्या समाधान आयोग काठमाडौँद्वारा आज संयुक्त आयोजित ‘आयोग र स्थानीय तहका पदाधिकारीबीच हुने समझदारी पत्रमा हस्ताक्षर र अभिमुखीकरण’ कार्यक्रममा सङ्घीय सरकारका कारण प्रदेश सरकार खुम्चिएर बस्नुपरेको गुनासो समेत गरेकी छन । 

“प्रदेश सरकारले राजधानी सुर्खेतमा मिनि सिंहदरबार बनाउने योजनाका साथ गत आव २०७६÷७७ मा रु २० करोड छुट्यायो र यो चालु आवमा पनि रु आठ करोड विनियोजन गरेको छ”, उनका अनुसार “सरकारको आफ्नै लालपुर्जा नहुँदा तयार गरेको योजना योजनामै सीमित भएको छ ।” भूमिका हिसाबले प्रदेशलाई निकै कमजोर बनाइएको मन्त्री के.सीको भनाइ रहेको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७, २३:५४:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो मंगलबार, मंसिर ३०, २०७७, २३:५४:००
खुल्न थाले शक्तिपीठ मंगलबार, मंसिर ३०, २०७७, २३:५४:००
क्याम्पसमा गोली चल्दा आठ जनाको मृत्यु मंगलबार, मंसिर ३०, २०७७, २३:५४:००