कृषि

किसानका बारीमा कृषिमन्त्री केसी 

घाटगाउँ डटकम

दैलेख ।  कर्णाली प्रदेशको भूमि व्यवस्था तथा कृषिमन्त्री बिमला केसीले किसानका खेतबारीमै पुगेर उनीहरुका समस्या समाधान गर्न शुरुआत गरेकी छन । यसै क्रममा मन्त्री के.सीले,नारायण नगरपालिका– ३ मा रहेको ताराकेशर धमलाको घाँसखेती, बाख्रापालन र कुखुरापालनको अवलोकन गरेकी छन । सोही क्रममा वडा नं ११ मा कृषि सहकारी तथा अन्य कृषकका खेतीको समेत अवलोकन गरेकी हुन । 

किसानको मेहनतलाई प्रदेश सरकारले खेर जान नदिने जानकारी दिँदै मन्त्री केसीले  किसानलाई व्यावसायिक बन्न आग्रह गर्नुभयो ।  सो अवसरमा कर्णाली प्रदेश सरकारले साना व्यावसायिक किसानलाई बैंंकमार्फत ब्याज अनुदानको कार्यक्रम ल्याएको जानकारी दिएकी छन । न्यून आए भएका, जग्गाजमिन धितो राख्न नसक्ने गरिब र विपन्न किसानका लागि पनि सहकारीमार्फत ब्याज अनुदानको तयारी थालिएको कृषि मन्त्री के.सीको लक्ष रहेको छ । 


प्रकाशित मिति: बिहिबार, पुस २, २०७७, १५:३०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सुनको मूल्य फेरी घट्यो बिहिबार, पुस २, २०७७, १५:३०:००
खुल्न थाले शक्तिपीठ बिहिबार, पुस २, २०७७, १५:३०:००