घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
पर्यटन
समाज
शिशिर ऋतुमा तीन आरोही समूह

काठमाडौं । शिशिर ऋतुमा हिमाल आरोहणका लागि तीन आरोहण समूहले अनुमति लिएका छन् । शुक्रबारसम्म विभिन्न तीन हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको पर्यटन विभागले जनाएको छ ।
विभागको पर्वतारोहण शाखाका अनुसार शिशिर ऋतुका लागि अमादब्लम ६,८१४ मिटर, लुजा पिक ५७२६ मिटर र काङ्गेरी–२ ६५०६ मिटर चढ्न आरोहण अनुमति जारी भएको छ ।
अमादब्लम हिमाल आरोहणका लागि चार, लुजा पिक चढ्न तीन र काङ्गेरी आरोहणका लागि एकजनाले आरोहण अनुमति लिएका हुन् । तीनवटै हिमालबाट रु ९३ हजार २९० रोयल्टी जम्मा भएको छ । सन् २०१९ को शिशिर ऋतुमा आठ आरोही समूहका ३६ जना अरोही पुरुष मात्र सदस्य थिए । उनीहरुबाट रु २१ लाख २५ हजार रोयल्टी उठेको थियो । यो वर्ष जाडो याम भर्खरै शुरु भएकाले साना हिमाल र पिक आरोहणमा आरोही बढ्नसक्ने विभागको भनाइ छ ।
कोभिड–१९ महामारीबीच सरकारले गत कात्तिकदेखि पर्वतारोहण र पदयात्रा खुल्ला गरेको थियो । यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि १२ आरोही समूहका नौ महिला र ६८ पुरुषसहित आरोही सदस्य थिए । शरद ऋतुमा रु ४० लाख ६३ हजार रोयल्टी जम्मा भएको थियो । सन् २०१९ को शरद ऋतुमा १६४ आरोही समूहका २५७ महिला र ९५३ पुरुष गरी एक हजार २०० आरोही सदस्य थिए । उक्त याममा रु पाँच करोड ५७ लाख ८३ हजार रोयल्टी उठेको थियो ।
थप समाचार
ब्लग
लोकप्रिय
- एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- कर्णालीमा पहिलो चरण ९ हजार ४२० जनालाई कोरोना खोप
- वार्ता अनिश्चित, विप्लव समूहमाथि प्रतिबन्ध पनि नहट्ने