अन्तर्वार्ता

राजनीति

नेकपाको फुटले जनतालाई धोका – शाह  

लोकेन्द्र विश्वकर्मा

११ पुस, काठमाडौं । नेपाली नेपाली कांग्रेसका नेता राजिव बिक्रम शाहले सत्तारुढ नेकपाको फुटले जनतालाई दिएको आश्वासनमाथि धोका भएको बताएका छन । 

         कर्णाली प्रदेशका पत्रकारहरुसँग कुराकानी गर्दै समाजसेवी समेत रहेका नेता शाहले देशको समृद्धि गर्छु भनेर आश्वासन दिने तर वाचा पुरा नगर्ने कम्युनिष्ट सरकारले गर्दा नेपाली जनतालाई धोका भएको बताएका हुन् । 

गएको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद बिघटन गरेकी थिइन् । अचानक संसद बिघटन गर्दा स्थायी सरकार र समृद्धिको नारा लगाउने ओली प्रवृत्ति निरंकुश बनेको शाहको टिप्पणी छ । 


        प्रधानमन्त्री ओलीले चालेको संसद बिघटनको कदम लोकतन्त्र विपरित असंबैधानिक काम भएको पनि शाहले बताए । यसले जनतालाई प्रत्यक्ष रुपमा हानी गरेको पनि नेता शाहको भनाई छ । 


 


प्रकाशित मिति: शनिबार, पुस ११, २०७७, १०:१३:००
प्रतिक्रिया दिनुहोस्