राजनीति

सांसद सिंहको गाडी आगलागी

लोकेन्द्र विश्वकर्मा

जाजरकोट । कर्णाली प्रदेश सांसद, प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति गणेशप्रसाद सिंहको गाडी आगलागी भएको छ । 

बिहीबार कार्यक्रममा हिँडेका सांसद सिंहको ०२०० १ झ ००४० नम्बरको सरकारी गाडी, भेरी नगरपालिका–७ पुन्ममा गए राति अज्ञातद्वारा अागजनी गरेको प्रहरीले जनाएको छ । 

सांसद सिंह र जाजरकोट नेकपाका अध्यक्ष ढकवीर राना वडा अध्यक्ष चन्द्रबहादुर शाहीको घरमा बेलुका नै पुगेका थिए । 

अध्यक्ष शाहीको घरमा गाडी नपुग्ने भएपछि अलि बाहिर पार्किङ्ग गरेको गाडी अज्ञात समूहबाट आगलागी भएको प्रहरी नायब उपरिक्षक किशोर कुमार श्रेष्ठ बताए । 

उनले भने अज्ञात व्यक्ति समुह पत्ता लाग्न सकेको छैन । प्रहरीले कडा अनुसन्धान सुरु गरेको श्रेष्ठले जानकारी गराए । 

 


प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७, ०९:४०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसमा ओइरो, नेकपामा पहिरो शुक्रबार, पुस १७, २०७७, ०९:४०:००
ओठमा आहा 'सगरमाथा' शुक्रबार, पुस १७, २०७७, ०९:४०:००