समाज

सोती नरसंहार, प्रधानमन्त्री र जनार्दन !

लोकेन्द्र विश्वकर्मा

काठमाडौं ।  जातीय बिभेदकै कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नबराज विक सहित उनका पाँचजना साथीहरुको क्रुरहत्या गरियो । 

गएको जेठ १० गते, मल्ल थरकी दुलही लिन गएका नबराज सहित उनका ५, जनासाथीहरु भेरीनदीमा घण्टौ सम्म माछाहरुको आहारा बन्न पुगे । 
घरेलु हातहतियार ‘कोदालो, घन, हँसिया’ आदिको  चोटहरुको अबस्थामा दिनौ दिनपछि उनीहरुको शब स्थानीय भाइबन्दीहरुले भेरीनदीबाट निकाल्यका थिए   । 

साथीको लागि ज्यानको बलिदान दिन पुगेका – गणेश बुढा, सन्दीप बि.क ‘सन्जु’ लोकेन्द्र सुनार, टिकाराम सुनार,गोविन्द शाहीको शब दिन बिराई धारिला चोटहरु संग नदीमा शब भेटिए । 

६ जनाको शव त्यही सेरोफेरोमा ढिला भेटिदा हत्या गरेको पुष्टि हुर्देगयो । यता केही शब भेटिएका छैनन् । उता  रुकुम पश्चिमका जनप्रतिनिधि तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले ‘तत्कालिन संसदमा यो घटना जातीय बिभेदले निम्तियाएको पनि  होइन, मारेको पनि होइन, भेरीनदी तर्नेक्रममा खोलामा आफै डुबेर मरेका हुन’ भनि संसदमा जाहेर  गरे । 

घटनालाई जनार्दन शर्मा रुकुमका प्रहरी, स्थानीय सरकारहरुले प्रमाणहरु कमजोर बनाउँर्दै गए । सोतीका  गाउँलेले हत्या गरेर शब गोठमा थन्काएका, ती शब बिस्तार भेरी नदिमा दिनबिराइ उहिं सेरोफेरोमा  भटिएको प्रष्ट छ । यता गोविन्द शाहीको शब १० दिनपछी त्यही सेरोफेरोमा भेटियो ।  

  •   लासमा राजनीति 

जनार्दनका  भाइबन्दी, इष्टमित्रनै मुख्य पात्र भएको हुदा सोती हत्याकाण्डमा ठुलो राजनितिक चहलपहल भयो । जनार्दनले त्यतिबेला निकै ६ युवाहरुको लासमा राजनिति गर्न पुग्य । क्रान्तिकारी जनार्दन त्यतीबेला भाइबन्धु, इष्टमित्र बचाउँ अभियान चलाए । साथमा  देशका मुलधारका मिडिया र मानिएका पत्रकारहरुको मुखमा गतिलो भ्रष्टचारको मास्क लगाई आफ्ना पक्ष लेख्न बोल्न रुकुम र जाजरकोट पठाए । उनले घटनालाई ढाकछोप गर्न खोजेको मात्र होइन, त्यो तितो सत्य हो । 

  •  प्रधानमन्त्री र जनार्दन 

पछिल्लो समयमा नेकपाको राजनितिक अबस्थाले दुई समृृहतय गरेको छ । प्रधानमन्त्रीको केपी शर्मा ओलीका सिफारिसमा  राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा भएको संसद बिघटनले नेकपा भित्रै ठुल्ठुला दुई समृहतय गरेको हो ।  

सोती घटना विश्वब्यापी हुदा मुखबन्द पारेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार, बालुवाटारमा पीडितहरु संग भेटवार्ता गरी पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता ब्यक्त गरे । 

यद्यपी सोती हत्याकाण्ड अहिलेको परिवेशमा नेकपाको दुई समृह नभएको भए,  यस्तो अबस्था नरहने अधिकारकर्मीहरुको भनाइ छ । यता नेकपाको बिभाजनले जनार्दन शर्मा प्रचण्ड नेपाल समृहमा पक्षमा रहेका छन ।  उक्त सोती घटनाका नाइकेहरु जनार्दनका मुख्य पात्र हुन । त्यस कारण पनि प्रधानमन्त्री ओलीले सोती घटनाका पीडितहरुलाई न्याय दिने प्रतिवद्धता गरेको हुन । 

पीडितलाई अझैपनि न्याय पाउने विश्वास छैन  । पछाडि पर्खेर निहाल्दा  देशका ठुल्ठुला घटनाहरुले कति न्याय पाए ? गम्भिर प्रश्न ! मन्त्री देखी सुकिला, मुकिला, टाकुरेहरुका आफन्त नै यस्ता घटनाका मुख्य पात्र बन्ने गरेका छन । नबराज हत्याकाण्ड कारुणिक मात्रै होइन, बैज्ञानिक समाजको नारा ठोक्नेहरुको यतार्थ हो ।   जनार्दन शर्माका आफन्तहरु घटनाको मुख्य नाइके बन्न पुगे  । पीडितहरु न्यायको लागि भौतारिदै काठमाडौंको  गल्लीमा पुगेका छन । पीडितको एउटा झिनो आशा र प्रश्न ?  प्रधानमन्त्री ओलीले न्याय दिलाउँछन 

नेपालको संविधानको पानाहरुमा जातीय विभेद अन्त्यका लागि कानुन बनाएको पनि बर्षौ बर्ष भयो ।   वर्गीय मुद्धा बोकेर युद्ध छेडिएको दशकौ भयोे । समाजमा सबै किसीमका जातीय छुवाछुत अन्त्यका लागि कानुन निर्माण भएर कार्यान्वयन शुरु भएको पनि बर्षौ भयो । तर छुवाछुत ज्यु का त्युँ छ । छुवाछुत निम्त्याउनेहरु कहिल्यै कानुनी कठघरामा उभिन सकेनन् । 


प्रकाशित मिति: सोमबार, पुस २०, २०७७, १४:२९:००
प्रतिक्रिया दिनुहोस्