शिक्षा

नगरपालिकाविरुद्ध जाजरकोटमा विद्यालय आन्दोलित

लोकेन्द्र विश्वकर्मा

खलंगा । जाजरकोटमा हस्तक्षेप बन्द गर्न माग गर्दै नगरपालिकाविरुद्ध विद्यालयका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी आन्दोलित भएका छन् । अन्य बिद्यालयको तुलनामा बर्षौंदेखि भेरी नगरपालिकाले वडा नम्बर १, मा रहेको त्रिवेणी माध्यामिक विद्यालयलाई सौतेनी व्यवहार गरेको भन्दैै शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्य आन्दोलित भएका हुन् ।

उनीहरुले माग सुनुवाईका लागि इलाका प्रहरी कार्यालय मार्फत नगरपालिकालाई ध्यानाकर्षण गराएको हो । विद्यालयमाथिको हस्तक्षेप बन्द गर, गत बर्षको गिट्टी बालुवाको राजस्व सार्वजनिक गर, अभिभावक, विद्यार्थी, शिक्षक एकता जिन्दावाद, भेरी त्रिवेणी मावि जिन्दावाद, बिद्यालयको आवश्यक दरवन्दी पुरा गर, नदी डाईभर्सनको लगानी फिर्ता गर लगायतका नारा लगाएका थिए ।

यस्तै विद्यार्थी शिक्षक, कर्मचारकिो स्वास्थ्य सुरक्षा र सुनिश्चित गर, शिक्षा प्राप्त गर्नु बालबालिकाहरुको नैसग्रिक अधिकार हो जस्ता नारा समेत लगाएका थिए । विद्यालयको शैक्षिक सुधारका लागि आन्दोलनमा रही ईप्रका मार्फत नगरपालिकालाई ध्यानाकर्षण गराएको त्रिवेणी माविका प्रधानध्यापक बिनोद सहनीले जानकारी गराए । नगरपालिका सामु बषौं देखी शैक्षिक बृद्धि, भौतिक संरचना निर्माण लगायत बिद्यालयको गुणस्तर बढाउन हारगुहार गर्दा समेत व्यवस्था गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर खड्काले बताए ।

अध्यक्ष खड्काका अनुसार, त्रिवेणी माध्यामिक बिद्यालय दुई नदीहरुको किनारामा भएको हुदा बर्खायाममा अलि बाढी पहिरोको कारण जोखिमा रहन्छ । नगरपालिकाले बिद्यालयको हातभित्र रहेको सम्पती भोकचलन गर्न मिल्ने बिडम्बना नगरपालिका सामु बिद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तर बढाउन प्रस्तावना पेश गर्दा व्यवस्ता गरेको स्थानीयको गुनासो रहेको छ ।


प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७, २३:२१:००
प्रतिक्रिया दिनुहोस्