घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
पर्यटन
धर्म संस्कृति
नौ वटा मुल भएको बारेकोटमा तीर्थालुको घुइँचो

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका ६ मा अवस्थित नौ वटा मुल भएको नौमुली मन्दिरमा यस बर्ष तीर्थालुको घुइँचो लागेको छ । माघी पर्वको अवसरमा नौमुलीमा तीर्थालुको बाक्लो उपस्थिती भएको हो ।
हरेक बर्ष माघ १ गते अर्थात् माघी पर्वमा त्यहाँका स्थानीयहरु बिहानै गाउँभित्र भाले बासेको पहिलो प्रहरमा सबै स्थानीयहरु नुहाउन नौमुली तर्फ लाग्ने गरेका छन ।
नौमुलीबाट नुहाएर आइसकेपछि आफनो छोरी चेलीहरुको हातबाट टिका थापी दक्षिणा दिने, मिठो मिठो परिकारहरु तरुल, गञ्जी, पिडालु, लगायतका फलफुलहरु खाएर उक्त माघेसंक्रान्ति मनाउने चलन रहेको स्थानीय कालीबहादुर कार्कीले बताए ।
“नौमुलीमा माघी नुहाउन बारेकोटका स्थानीय मात्र होइन, जुम्ला, डोल्पा, हुम्ला, कालिकोट, रुकुमपश्चिम, लगायतका स्थानहरुबाट भक्तजनहरुको बाक्लो जमघट भएको हुन्छ” उनले भने ।
नौमुली मन्दिरमा नुहाउन पुग्दा, सोचेका सपनाहरु पुरा हुने धार्मिक रुपमा बिश्वास मानिएको छ । पहाडबाट निस्कने सुकिला दन्तझै मनमोहक नौवटा मुलहरु भएको अग्लो झरना नौमुली माघी पर्वमा निकै भक्तजनहरुको रोजाईमा परेको तीर्थ स्थलका रुपमा परिचित छ । नौमुली मन्दिरलाई स्थानीयहरुले देउराली मन्दिर पनि भन्ने गरेका छन ।
नौमुलीमा तीर्थालुको बाक्लो उपस्थिती भएपनि संरक्षणमा भने संघ, प्रदेश र स्थानीय सरकारहरुको नजर पुग्न सकेको छैन । संरक्षणमा जोड् दिए जिल्लाको निकै ठुलो धार्मिक स्थलका रुपमा परिचित हुने स्थानीयहरुको गुनासो रहेको छ ।
पराम्पराकालमा ताँसीका मनबहादुर बिकले बनाएको सानो मन्दिरलाई गत बर्ष स्थानीय कार्कीगाउँका समाजसेवी डम्बर बिक्रम कार्कीले मन्दिर, घण्टा झुल मुर्तिहरु सहित मन्दिरको रौनहक फेरी दिएका छन । साथमा मन्दिर संगै टासिँएको शिलालेख निर्माण समेत गरेका छन । उक्त शिलालेखमा लेखिएको छ, “ बारेकोट गाउँपालिका ६ कार्कीगाउँको कार्कीमुखिया स्वर्गीय जगविर कार्कीको सम्झनामा छोरा कालीबहादुर कार्की नाती डम्बर बिक्रम कार्कीद्धारा निर्मित श्री देउराली मन्दिर” । उक्त मन्दिर निर्माण गर्न करिब २ लाख ५० हजार लागत लागेको उल्लेख गरिएको छ ।
थप समाचार
ब्लग
लोकप्रिय
- एपीएफ राष्ट्रिय भलिबल टिममा रमेश चयन
- घाटगाउँमा चरम जातीय विभेद, बाहुनका कुवामा दलितलाई प्रतिबन्ध
- मोटरसाइकल दुर्घटना हुँदा चौकुनेका वडाध्यक्ष र गाउँकमिटि अध्यक्ष घाइते
- भागिरथीलाई न्याय माग्दै जाजरकोटका युवा
- कांग्रेसमा ओइरो, नेकपामा पहिरो
- जाजरकोटमा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु
- बारेकोटका शिक्षक रोकायले घुँडा टेकेर माफी मागे
- कर्णालीमा पहिलो चरण ९ हजार ४२० जनालाई कोरोना खोप